Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गठबन्धनको बैठक चलिरहेको बेलामा रञ्जिता श्रेष्ठ डिल्लीबजार कारागार पुगिन्


    बुधबार, जेष्ठ ३ २०८०
    2.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बोलाएको १० दलीय सत्ता गठबन्धनको बैठक बालुवाटारमा बसिरहेको छ । उक्त बैठकमा सरकारको नीति तथा कार्यक्रमसहित पछिल्ला समसामयिक विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

    सरकारको नीति तथा कार्यक्रम र बजेटबारे हिजो पनि गठबन्धनका दश दलबीच प्रधानमन्त्रीले छलफल गरेको थिए। यस्तै, नागरिकता विधेयक, टीआरसीलगायको विषयलाई टुंग्याउन प्रधानमन्त्रीले पहल गरिरहेका छन्।

    यसैबीच गठबन्धनको बैठक चलिरहेको बेलामा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष तथा भूमि तथा सहकारी विकास मन्त्री रञ्जिता श्रेष्ठ चौधरी बैठक छाडेर निस्किएकी छन्।

    टीकापुर घटनामा सर्वोच्च अदालतले जिल्ला उच्च अदालतकै फैसला सदर गरेपछि पार्टीका संरक्षक समेत रेशम चौधरीमाथिको कारबाही यथावत् राख्ने राखेको थियो। त्यही विषयमा छलफल गर्नका लागि चौधरीले डिल्लीबजारस्थित कारागारमा बोलाएको बैठकमा सहभागी हुन निस्किएको बुझिएको छ।

    सर्वोच्चका न्यायधीशद्वय आनन्दमोहन भट्टराई र नहकूल सुवेदीको संयुक्त इजलासले उनको जन्मकैदको फैसलानै सदर गरेको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार