काठमाडौं, १४ चैत ।
भारत र अन्य तेस्रो मुलुकबाट नेपाल भित्रिएका नागरिक र उनीहरुको सम्पर्कमा आएका मानिसलाई स्थानीय, प्रदेश र संघीय सरकारको रेखदेखमा होम क्वारेन्टाइन र संभावित संक्रमितको ब्यवस्थापन छिटो गरी महामारीबाट जोगाउन ढिला भइरहेको छ ।
सामाजिक संजालमा सरकारले कोरोना संक्रमण रोक्ने प्रभावकारी पूर्वतयारी नगरेका गुनासा आउन थालेका छन् । सामाजिक संजालमा आएका केही प्रतिनिधिमूलक गुनासा यहाँ राखेका छौं
ज्वरो, लगातार सुख्खा खोकी, छात्ती दुख्नेलाई संघ अन्तर्गत को बिपिकेएचआई धरान, वीर अस्पताल र टेकु को राष्ट्रिय प्रयोगशालामा परीक्षणको लागि पठाई महामारीबाट बचाउनेतिर सरकार लागिहाल्नुपर्नेछ । साथै उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुलाई सुरक्षाको ग्यारेन्टी नगरे थप जोखिम बढ्ने छ ।
कोरोनाको उपचार गर्ने एकमात्र सरुवा रोग अस्पतालका चिकित्सक र नर्सकै लागि ब्यक्तिगत सुरक्षा सामग्री(पर्सनल प्रोटेक्न इक्युपेन्ट) नै नभएका कुराहरु सार्वजनिक भएका छन् । पीपीईसमेत सरकारले ब्यवस्था नगरी सरकारी र प्राइभेट अस्पतालमा कोरोना जाँच भनेर सरकारले भनिरहेको छ । पीपीईको ब्यवस्था गर्न किन ढिला भइरहेको छ ? सरकारले जवाफदेहिता देखाउन सक्नुपर्छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले पत्रकारको भीड जम्मा गरेर सरकार गम्भीर छ भनेर हुँदैन, ब्यवहारमा देखिने काम गर्नुपर्छ । सरुवा रोग अस्पतालमा त पीपीई ब्यवस्था गर्न नसक्ने स्वास्थ्य मन्त्रालयले अस्पतालहरुमा कोरोना परीक्षण हुन्छ भनेरमात्र हुँदैन । पहिला त स्वास्थ्यकर्मी नै सुरक्षित हुने वातावरण सृजना गरेपछि मात्र जाँच गर्न अस्वीकार गरेमा कारबाही गर्ने कुरा पनि जायज मान्न सकिन्छ ।
काठमाडौँ। नेपाली कांग्रेसले निर्वाचन आयोगसमक्ष नवनिर्वाचित केन्द्रीय कार्यसमितिको विवरण बुझाएको छ। कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई आयोगमा अध्यावधिक गरिएको हो। निर्वाचन आयोगका...
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले महाअभियोगको विषयमा सत्तापक्षको धारणा र तयारी हेरेपछि मात्रै विपक्षी दलहरूले आफ्नो धारणा बनाउने बताएका छन्...
काठमाडौं। विपक्षी दलहरूको बैठकले तत्काल सङ्घीय संसद्को बैठक बोलाउन सरकारलाई आह्वान गर्ने निर्णय गरेको छ। सोमबार सिंहदरबारस्थित नेपाली काङ्ग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकमा बिचौलियासँग...
काठमाडौँ। नेपाली कांग्रेसको आह्वानमा प्रतिपक्ष दलको बैठक सुरु भएको छ। सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा प्रतिपक्ष दलको बैठक सुरु भएको हो। बैठकमा कांग्रेस संसदीय दलका...
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लोकतन्त्रमा निर्वाचनबाट प्राप्त जनादेश शासन सञ्चालनको अधिकार भएपनि संविधान र कानुनभन्दा माथि उठ्ने अनुमति नभएको बताएको छ। आज...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend