Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • ड्युटीमै बेहोस भएका प्रहरी जवानको मृत्यु


    शनिबार, भाद्र २० २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कञ्चनपुरमा ड्युटीमा खटिएका बेला बेहोस भएका प्रहरी जवानको मुत्यु भएको छ। डडेल्धुराको अजयमेरु गाउँपालिका २ घर भएका प्रहरी जवान सुरेन्द्रकुमार ऐरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

    दंगा नियन्त्रण प्रहरी गण बंकमा कार्यरत ऐर गएराति १२ बजेतिर ५ नम्बर पोष्टमा ड्युटीमा खटिएको अवस्था बेहोस भएका थिए। उनलाई तत्कालै उपचारका लागि धनगढी ल्याइएको थियो । तर आज शनिबार बिहान सेती प्रादेशिक अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार