Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोनाबाट थप एक ४३ वर्षीया महिलाको मृत्यु


    शनिबार, भाद्र २० २०७७
    845
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सुनसरी । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोभिड – १९ को संक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा मोरङको विराटनगर–११ घर भएकी ४३ वर्षीया महिला छिन् । उनको हिजो शुक्रबार साँझ ६ः३० बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।

    प्रादेशिक ल्याब बिराटनगरमा परीक्षण गर्दा उनमा भदौ १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसको भोलिपल्ट उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो ।

    न्यूरो अस्पताल बिराटनगरबाट रिफर भएर उनलाई प्रतिष्ठानमा ल्याइएको थियो । बिगत ४ वर्षदेखि उनमा उच्च रक्तचापको समस्या थियो । पछिल्लो पटक श्वासप्रश्वासमा कठिन हुनुका साथै पेट र छाती दुख्ने समस्या पनि उनमा देखिएको डा. सापकोटाले जानकारी दिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार