Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राजविराजका पत्रपत्रिका प्रकाशन बन्द 


    बिहिबार, चैत्र १३ २०७६
    735
    Shares
  • १ मिनेट पाठ
  • राजविराज, १३ चैत । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले लकडाउन गर्ने निर्णय गरेपछि राजविराजका पत्रपत्रिका प्रकाशन बन्द भएका छन् ।

     सप्तरीको राजविराजबाट प्रकाशित हुने सबै पत्रपत्रिकाको प्रकाशन बन्द गरिएको नेपाल पत्रकार महासङ्घका जिल्ला उपाध्यक्ष श्यामसुन्दर यादवले जानकारी दिनुभयो । 
    राजविराजसहित जिल्लाका विभिन्न ठाउँबाट एक दर्जन दैनिक पत्रिका र तीन दर्जन साप्ताहिक पत्रिका नियमित प्रकाशन हुँदै आएका छन् ।

    लकडाउनको समयमा बाहिर निस्कन नमिल्ने भएकाले पत्रिका प्रकाशन गर्न समस्या भएको हो । पत्रिका प्रकाशन गरे पनि यहाँ पत्रिका बिक्रीवितरण गर्ने मान्छे तयार नभएका कारण प्रकाशन बन्द भएको नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष यादवले बताउनुभयो । 

    साथै राजविराज बजारसहित अधिकांश पसल बन्द भएका कारण ग्राहकसम्म पत्रिका पु¥याउन समस्यासमेत भइरहेको भन्दै पत्रिका प्रकाशन बन्द गरिएको हो । जिल्लाबाट सञ्चालित अनलाइन भने निर्वाध सञ्चालन हुने गरेको पत्रकार महासङ्घका उपाध्यक्ष यादवले बताउनुभयो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार