संक्रमण देखिएका उनीहरुलाई छुट्टै कोठामा राखिएको छ । कारागारभित्र कोरोना संक्रमण देखिएपछि अन्य कैदी बन्दीको पनि स्वाब संकलन गरिने जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवले बताए ।
१ सय २५ जना क्षमता रहेको सप्तरी कारागारमा अहिले ३ सय ३३ जना कैदीबन्दी रहेका छन् । यसमध्ये १५ जना महिला छन् ।