काठमाडौं। कालीकोटमा बलात्कार आरोपितलाई पक्राउ गर्न गएका प्रहरीमाथि ढुंगामुढा भएको छ।
आज सोमबार बिहान पलाँता गाउँपालिका–६ सैनमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा गएको प्रहरी टोलीमाथि आरोपितका आफन्तले ढुंगामुढा गरेका हुन्।
सोही ठाउँका ३१ वर्षीय संक बुढालाई पक्राउ गर्न जाँदा उनका आफन्तले प्रहरीमाथि ढुंगामुढा गरेका हुन्।
सोमबार बिहान ४ बजेतिर प्रहरी उनलाई पक्राउ गर्न गाउँमा पुगेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक माधव काफ्लेले जानकारी दिए।
‘स्थानीयले प्रहरीमाथि ढुंगा हानेका छन्, आरोपित हत्कडीसहित फरार भएका छन्,’ उनले भने, ‘जिल्ला सदरमुकामबाट ४ घण्टा गाडीमा गएर पनि ६ घण्टा हिँड्नुपर्ने ठाउँ हो, भागेकालाई खोज्न समय लाग्ने भएको छ।’
उनका अनुसार घाइते प्रहरीको उद्धार र फरारलाई खोजी गर्न जिल्ला प्रहरी कार्यालयको टोली पनि घटनास्थल गएको छ। आरोपित बुढालाई प्रहरीले भेटाएर हत्कडी लगाई सदरमुकामतर्फ ल्याउँदै गर्दा आफन्तले ढुंगामुढा गरेका थिए।
गाउँलेहरूको आक्रमणबाट इलाका प्रहरी कार्यालय पलाँतामा कार्यरत प्रहरी सहायक निरीक्षक लक्ष्मी ढुंगेल रावत र बलात्कार घटनाबाट पीडित परिवारका सदस्य घाइते भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ।एसएसपी काफ्लेले घाइतेहरूको अवस्था सामान्य भएको बताए।
बुढाले २०७९ असोज ३१ गते स्थानीय दलित महिलामाथि बलात्कार गरेको आरोप छ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend