Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • परराष्ट्रका नासु बेगनास तालमा मृत भेटिए


    सोमबार, बैशाख २५ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। पोखरामा परराष्ट्र मन्त्रालमा कार्यरत एक जना कर्मचारी मृत अवस्थामा फेला परेका छन्।

    आज सोमबार बिहान साढे ८ बजेतिर बेगनास ताल किनारमा उदयपुर घर हुने ३१ वर्षीय अनुप भण्डारी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी श्रवणकुमार विकले जानकारी दिए।

    उनी तालको किनारमा घोप्टो परेको अवस्थामा फेला परेका थिए। डिएसपी विकका अनुसार उनी परराष्ट्र मन्त्रालयमा कार्यरत नायब सुब्बा हुन्।

    यस घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार