Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ढाकाकुमार श्रेष्ठको रिट न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा


    सोमबार, बैशाख २५ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निलम्बनमा परेका ढाकाकुमार श्रेष्ठले सांसद पद पुनर्बहालीको माग गर्दै दायर गरेको रिटको सुनुवाइ न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा हुने भएको छ ।

    सर्वोच्चले जारी गरेको कजलिस्टमा ढाकाकुमारले दायर गरेको मुद्दा श्रेष्ठको एकल इजलासमा परेको हो । श्रेष्ठले रास्वपाको केन्द्रीय आचरण तथा अनुशासन समितिलाई विपक्ष बनाउँदै रिट दाय गरेका हुन् ।

    रास्वपाको केन्द्रीय समिति बैठकले मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग आर्थिक बार्गेनिङ गरेको पुष्टि भएको भन्दै श्रेष्ठलाई कारबाही गर्ने निर्णय गरेको थियो ।

    रास्वपाको सिफारिस अनुसार उनको पद रिक्त भएको सूचना संसद् सचिवालयले जारी गरिसकेको छ । तर, पार्टीको निर्णयविरुद्ध असन्तुष्टि जनाउँदै श्रेष्ठ अदालत गएका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार