Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्री प्रचण्ड र मुख्यमन्त्री शाहबीच बालुवाटारमा भेटवार्ता


    सोमबार, बैशाख २५ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहबीच भेटवार्ता भएको छ। उनीहरूबीच आज सोमबार बिहान बालुवाटारमा भेटवार्ता भएको हो।

    प्रधानमन्त्री दाहाल र मुख्यमन्त्री शाहबीचकाे भेटमा प्रदेश सरकार विस्तारबारे छलफल भएको जनाइएकाे छ।

    प्रधानमन्त्री दाहालसँगको भेटमा मुख्यमन्त्री शाहसहित मन्त्री प्रकाश देउवा, प्रदेशसभा सदस्य खगराज भट्ट र ओमप्रकाश भाटलगायतको पनि सहभागिता रहेकाे थियो। गत २६ माघमा मुख्यमन्त्रीमा नियुक्त भएका शाहले अहिलेसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार