Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सांसद पदमा बहाली माग गर्दै ढाकाकुमारले सर्वोच्चमा दिएको रिटमा आज सुनुवाइ हुँदै


    सोमबार, बैशाख २५ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कारबाही गरेका ढाकाकुमार श्रेष्ठले सांसद पद पुनर्बहालीको माग गर्दै आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

    मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडिओ सार्वजनिक भएपछि रास्वपाले कारबाही गरेका श्रेष्ठले आफूलाई सांसदमा पुनर्वहाली गर्न माग गर्दै सर्वोच्च अदालतमा हालेको रिटको आज सोमबार सुनुवाइ हुँदैछ।

    मन्त्री हुनलाई मेडिकल व्यवसायी प्रसाईंसँग पैसा मागेको भन्दै श्रेष्ठलाई रास्वपाले समानुपातिक सांसद र पार्टी साधारण सदस्यबाट हटाएको थियो।

    श्रेष्ठलाई सांसदबाट हटाइएको सूचना सभामुख देवराज घिमिरेले संसदमा पढेर सुनाइसकेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार