Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • महानगरले माइतीघर मण्डला र न्युरोड क्षेत्रका अव्यवस्थित तार काट्यो


    सोमबार, बैशाख २५ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। काठमाडौं महानगरपालिकाले आज सोमबारबाट महानगरभित्रको अव्यवस्थित तार व्यवस्थापन सुरू गरेको छ।

    सोमबार माइतीघर मण्डला र न्यूरोडबाट तार व्यवस्थापनको काम सुरू भएको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए।

    ‘अहिले दुइटा टोलीले दुईतिरबार काम सुरू भएको छ,’ उनले भने, ‘बिस्तारै अन्य ठाउँमा पनि तीन-चार वटा टोलीले काम गर्ने छ।’

    तार व्यवस्थापन गर्दा नेपाल विद्युत प्राधिकरण, दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, काठमाडौं उपत्यका प्रहरी कार्यालय, महानगर प्रहरी बल र इन्टरनेट सेवा प्रदायक संस्थाका प्रतिनिधि बसेर तार व्यवस्थापन गरिरहेको उनले बताए।

    यस्तै तार व्यवस्थापन गर्न दूरसञ्चार प्राधिकरणले १३ वटा रूट तय समेत गरेको छ।

    प्राधिकरणले माइतीघरदेखि विमानस्थलसम्म, त्रिपुरेश्वरदेखि महाराजगञ्जसम्म, न्युरोड गेटदेखि वसन्तपुर हुँदै असनसम्म रूट तय गरेको छ।

    त्यस्तै माइतीघर, पुतलीसडक हुँदै नारायणहिटी, भद्रकाली, नारायणहिटी, कमलादी हुँदै रानीपोखरीसम्मको तार व्यवस्थापन गर्ने भएको छ।

    डिल्लीबजार, अनामनगर हुँदै संघीय संसद् भवन वरपर, नक्साल, बालुवाटार हुँदै शीतल निवाससम्मको पनि तार व्यवस्थापन गर्ने छ। यसैगरी माइतीघर, त्रिपुरेश्वर हुँदै कलंकी, लैनचौर, अमृत साइन्स क्याम्पस, रानीबारी हुँदै सामाखुसीसम्म अर्को रुट तय गरिएको छ।

    सोह्रखुट्टे, ढल्को, ताहाचल हुँदै स्वयम्भू, सिनामंगल, पुरानो बानेश्वर हुँदै गौशाला, गौशाला, बौद्धनाथ, कालीमाटी, कुलेश्वर हुँदै बल्खुसम्मको तार व्यवस्थापन गर्ने प्राधिकरणले जनाएको छ।

    महानगरले वैशाख १२ गते १५ दिने अल्टिमेटम दिँदै आगामी वैशाख २७ गतेसम्म तारको उचित व्यवस्थापन गर्न सूचना जारी गरेको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार