Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सबै सांसदको सम्पत्ति विवरण स्रोतसहित वेबसाइटमा राख्न आरजु राणाको माग


    आइतबार, बैशाख २४ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसकी सांसद अरजु राणाले सबै सांसदको सम्पत्ति विवरण स्रोतसहित वेबसाइटमा राख्न माग गरेकी छन् । आज प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै उनले यस्तो माग गरेकी हुन् ।

    ‘हामी जति सांसद छौं, जहिलेदेखि बनेका छौं, सबैको सम्पत्ति विवरण प्रकाशित होस् । हाम्रो वेबसाइटमा राखियोस् । जनताले देखोस्’ उनले थपेकी छन्, ‘कसको के थियो कहिले थियो कसको बढ्यो कसको घट्यो के स्रोत हो ?’

    उनले आफूलाई भ्रष्टाचारका मुद्दामा जोडेर प्रचार गरिएकोमा आपत्ति जनाएकी छन् । आफ्नोमाथि उत्पन्न विवादलाई ‘लैंगिक विभेद’ संज्ञा दिदैं नारीले आफ्नो हैसियतमा राजनीति गर्दा पुरुषहरुलाई सैह्य नभएको उनको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार