Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, आठ घाइते


    आइतबार, बैशाख १७ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। रोल्पामा जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । जिप गंगादेव गाउँपालिका-२ हेमुनखोलामा आज गाडी दुर्घटना हुँदा उनीको मृत्यु भएको हो ।

    दुर्घटनामा स्थानीय १५ वर्षका विद्यार्थी तिलक वलीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

    दाङको तुलसीपुरबाट रोल्पाको गंगादेव गाउँपालिका – ६ राँकको ताप्लाका लागि हिडेको लु १ ज ४७५५ नम्बरको जिप दुर्घटना हुँदा आठ जना घाइते भएको प्रहरीेले जनाएको छ ।

    जसमध्ये चार जनाको अवस्था मध्यम रहेको र अन्य चार जनाको अवस्था सामान्य रहेको छ । मध्य घाइते चार जनालाई उद्धार गरि दाङ तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा पठाएको छ । बाँकी चालकसहित् चार जनाको नजिकैको स्वास्थ चौकीमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

    चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार