Nepal Face
  • शुक्रबार, १४ कार्तिक २०८३
  • जित सुनिश्चित भएपछि कांग्रेस उम्मेदवार जीतनारायणले दिए रविलाई बधाई


    मंगलबार, बैशाख १२ २०८०
    1.2K
    Shares
    dav
    नेपाल फेस
  • १ मिनेट पाठ
  • चितवन । चितवन-२ मा नेपाली कांग्रेसका उम्मेदवार जीत नारायण श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई जितको बधाई दिएका छन् ।

    ३७ हजारबढी मतान्तरले अगाडि रहेका रविको जित सुनिश्चित भइसकेको छ ।

    मतगणनास्थलमा पुगेर कांग्रेस उम्मेदवार श्रेष्ठले रास्वपाका सभापतिसमेत रहेका रविलाई बधाई दिए । रवि अब आफ्नो पनि जनप्रतिनिधि भएको भन्दै उनले प्रतिस्पर्धीका रुपमा रविको रचनात्मक काममा सहयोग गर्ने बताए ।

    उनले भने, ‘जनप्रतिनिधिलाई एउटा प्रतिस्पर्धीका रुपमा नकारात्मक होइन, सकारात्मक सहयोग रहन्छ ।’

    जनताले परिर्वतन खोजेको र परम्परागत दलहरुले आफ्ना कमजोरीलाई सच्याउनुपर्ने बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार