Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सेती अस्पतालमा दाजुभाई नै आइसोलेसनमा 


    बिहिबार, चैत्र १३ २०७६
    770
    Shares
  • १ मिनेट पाठ
  • धनगढी, १३ चैत । सेती प्रादेशिक अस्पतालमा एकै परिवारका दाजुभाईलाई आइसोलेसनमा राखिएको छ । दाजु कोरोना संक्रमित युवती आएकै विमानबाट नेपालका आएको धनगढीका युवक र उनको भाइलाई आइसोलेनमा राखिएको हो । 

    उनीहरुलाई प्रारम्भिक स्वास्थ्य परीक्षणपछि आइसोलेनमा राखिएको  हो । सेती प्रादेशिक अस्पतालका प्रवक्ता डा. जगदीश जोशीले  नमूना संकलन गरेर काठमाडौं पठाउने तयारी गरिएको जानकारी दिएको छ ।

    उनी चैत ४ गते फ्रान्सबाट कतारवेजमा नेपाल आएका थिए ।

    उनी आएको जहाजबाटै नेपाल आएकी युवतीमा कोरोनाको संक्रमण भेटिएपछि सो जहाजबाट नेपाल आएका सम्पूर्ण यात्रुको खोजी भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार