Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सिंहदरबारमा प्रचण्ड, देउवा र ओलीको फेरि छलफल


    सोमबार, बैशाख ११ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। प्रमुख दलका शीर्ष नेताहरु सिंहदरबारमा फेरी छलफलमा जुटेका छन् । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानमन्त्रीको कार्यालयमा भेटवार्ता भएको हो ।

    सो क्रममा संसदीय समितिहरूको नेतृत्व र टिआरसी विधेयक लगायतका विषयमा छलफल भएको बताईएको छ ।

    एमालेले सार्वजनिक लेखा समितिसहित चार वटा संसदीय समितिमा दाबी गरेको छ । तर, प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवाले चार समिति एमालेलाई दिन नसकिने अडान लिएका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार