Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बारा– २ अपडेट : जनमतका शिवचन्द्र कुशवाहको अग्रता, पछि परे उपेन्द्र यादव


    सोमबार, बैशाख ११ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • बारा । बारा क्षेत्र नम्बर–२ मा हिजो (आइतबार) सम्पन्न उपनिर्वाचनको मतगणना चलिरहँदा सत्ता गठबन्धनका उम्मेदवार जसपाका अध्यक्ष उपेन्द्र यादवले सुरुवाती अग्रता लिए पनि त्यसपछि जनमत पार्टीका शिवचन्द्र कुशवाहले अग्रता लिएका छन् ।

    यसअघिसम्मको मतगणनामा अघि रहेका उपेन्द्र यादवलाई पछि पार्दै कुशवाहले अग्रता लिएका हुन् ।

    पछिल्लो पटक सार्वजनिक मत परिणाम अनुसार कुशवाहले ६०१ मत पाएका छन् भने जनता समाजवादी पार्टीका उपेन्द्र यादवले ५७१ मत पाएका छन् ।

    नेकपा एमालेका पुरुषोत्तम पौडेलले ५१०, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २३६ मत र आम जनता पार्टीका अरुण ज्ञवालीले ७६ मत पाएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार