Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • तनहुँ–१ अपडेट : स्वर्णिम वाग्लेले १५ हजार मत कटाए


    सोमबार, बैशाख ११ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • तनहुँ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले फराकिलो अग्रता बनाएका छन् । तनहुँको पछिल्लो सार्वजनिक भएको मतपरिणामअनुसार डा. स्वर्णिम वाग्लेले अग्रता कायमै राख्दै १५ हजार मत कटाएका छन्।

    २१ वडाको २९ हजार ८०२ मतगणना गर्दा वाग्लेले १५ हजार १३५ मत प्राप्त गरेका छन् ।

    यस्तै नेपाली कांग्रेसका गोविन्द भट्टराईले ८ हजार ७३१ मत प्राप्त गर्दा नेकपा एमालेका सर्वेन्द्र खनालले ५ हजार मत प्राप्त गरेका छन् ।

    तनहुँ १ मा गएरातिदेखि मतगणना सुरु भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार