काठमाडौँ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आज विश्वासको मत लिने तयारी गरेका छन्। गिरीले दोस्रोपटक विश्वासको मत लिने भएका हुन्।
प्रदेश सभाको बैठक जारी छ। नेकपा एमालेका स्थायी कमिटी सदस्यसमेत रहेका गिरी पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए भने २८ गते सपथ लिएका थिए।
तत्कालीन समय बदलिएको राजनीतिक समीकरण अनुसार गिरी नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी लगायतको समर्थनमा मुख्यमन्त्री बनेका थिए।
मुख्यमन्त्री गिरीले माघ ५ मा विश्वासको मत पाएका थिए।
२८ पुसमा माओवादीकी कृष्णा केसी र एमालेका चेतनारायण आचार्यलाई बिनाविभागीय मन्त्री नियुक्ति गरेका गिरीले माघ २८ मा सरकारलाई पूर्णता दिएका थिए। तर, त्यसपछि पनि माओवादीकी कृष्णा केसीले असन्तुष्टि जनाउँदै पदबाट राजीनामा दिएकी थिइन्। उनको राजीनामा भने स्वीकृत भएको थिएन।
यही बीचमा केन्द्रमा बनेको नयाँ सत्ता समीकरण अनुसार चैत १२ गते राप्रपाबाहेक अन्य दलहरूले गिरीलाई दिएको समर्थन फिर्ता लिएका थिए। समर्थन फिर्ता लिनासाथ गिरी अल्पमतमा परेका थिए।
चैत १२ गते नै नयाँ बनेको समीकरण अनुसार नेपाली कांग्रेसका सांसद डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्री बनाउन ५३ जना सांसदहरूको हस्ताक्षरसहित दाबी पेश गरिएको थियो।
एक स्वतन्त्रसहित ८ दलका ५३ सांसदले पूर्व मन्त्रीसमेत रहेका चौधरीलाई मुख्यमन्त्री बनाउन मागसहित प्रदेश प्रमुख अमिक शेरचन सोही दिन नै दाबी पेश गरिसकेको भए पनि कानुनी प्रक्रिया अनुसार त्यसको एक महिनापछि गिरीले सोमबार विश्वासको मत लिन लागेको हुन्।
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले पदाधिकारी र...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले अस्पतालको सरसफाइ, शय्या उपलब्धता, बिरामीको प्रतीक्षा समय न्यूनीकरण र स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै...
काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा तातोपानी नाका सञ्चालनमा ध्यान दिन सुझाव दिएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend