काठमाडौँ। प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत बारा क्षेत्र नं २ मा आइतबार सम्पन्न भएको मतदानको मतगणना सुरु भएको छ । जिल्लाको निर्वाचन क्षेत्रका ८३ वटै मतदान स्थलमा रहेका १३७ मतदान केन्द्रको मतपेटिका संकलन भएपछि बसेको सर्वदलीय बैठकको निर्णयपछि साढे ११ बजेबाट मतगणना सुरु भएको हो ।
मतगणनास्थलहरूमा तारबार लगाएर सिसी क्यामेरा जडान गरिएको छ । बारा–२ मा आइतबार भएको उपनिर्वाचनमा ६८ हजार ८८६ मत खसेको थियो । निर्वाचन कार्यालय बाराका अनुसार उक्त क्षेत्रमा १ लाख ५ हजार २४८ जना मतदाता रहेका छन् ।
बारा–२ मा गठबन्धनको तर्फबाट जसपाका अध्यक्ष उपेन्द्र यादव, एमालेका तर्फबाट पुरुषोत्तम पौडेल, जनमतका शिवचन्द्र कुशवाहा र राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट रमेश खरेलबीच मुख्य प्रतिस्पर्धा देखिएको छ ।
गत ४ मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा उक्त क्षेत्रबाट जसपाका उम्मेदवार रामसहाय प्रसाद यादव निर्वाचित भएका थिए । यादव उपराष्ट्रपति बनेपछि रिक्त बारा–२ मा पुन: उपनिर्वाचन गरिएको हो।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend