Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • तनहुँ–१ मा स्वर्णिमले कटाए १० हजार मत, गोविन्दकोे कति ?


    सोमबार, बैशाख ११ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। आइतबार सम्पन्न तनहुँ-१ को प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ।

    जसतर्फ स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्ले १० हजार मत कटाएका छन् ।

    तनहुँ १ को पछिल्लो मत परिणाम अनुसार डा. वाग्ले १० हजार २ सय ५९ मत पाएका छन् ।

    उनी कांग्रेस उम्मेदवार भन्दा दोब्बर बडी मतले अगाडि छन् ।

    नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ५ हजार ३ मत पाएका छन् ।

    यता एमालेका सर्वेन्द्र खनालले भने २ हजार ७ सय ९७ मत पाएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार