Nepal Face
  • आइतबार, १० साउन २०८३
  • स्टक एक्सचेन्ज तीन र कमोडिटी एक्सचेन्ज चारका लागि निवेदन


    सोमबार, बैशाख ११ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल धितोपत्र बोर्डले आह्वान गरेको नयाँ स्टक र कमोडिटी एक्सचेन्जको लाइसेन्सका लागि सातओटा आवेदन परेको छ । बोर्डका सूचना अधिकारी तेजप्रसाद देवकोटाले दिएको जानकारीअनुसार स्टक एक्सचेन्जका लागि तीन र कमोडिटी एक्सचेन्जका लागि चार कम्पनीले आवेदन दिएका छन् ।

    आवेदन दिने म्याद आइतवारसम्म थियो । देवकोटाका अनुसार स्टक एक्सचेन्जका लागि हिमालयन स्टक एक्सचेन्ज, नेशनल स्टक एक्सचेन्ज अफ नेपाल र अन्नपूर्ण स्टक एक्सचेन्ज लिमिटेडले आवेदन पेश गरेका छन्।

    कमोडिटी एक्सचेन्जको लागि नेपाल मल्टी कमोडिटिज एक्सचेन्ज लिमिटेड, हिमालयन कमोडिटिज एन्ड डेरिभेटिभ एक्सचेन्ज, मल्टी डेरिभेटिभ एक्सचेन्ज लिमिटेड र मल्टी एसेट्स एन्ड डेरिभेटिभ एक्सचेन्ज लिमिटेडको आवेदन परेको देवकोटाले जानकारी दिए ।

    धितोपत्र बजारलाई थप प्रतिस्पर्धी बनाउन भन्दै बोर्डले एक नयाँ स्टक एक्सचेन्ज, दुई कमोडिटी एक्सचेन्ज र रीतपूर्वक आवेदन दिने ब्रोकर कम्पनीलाई लाइसेन्स वितरण गर्न लागेको हो । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार