Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • धितोपत्र बोर्डको अध्यक्षको अन्तर्वार्ता रोकियो


    शुक्रबार, असोज १८ २०८१
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । आज हुने भनिएको नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदको लागि तीन जना उम्मेदवारको अन्तर्वार्ता रोकिएको छ ।

    अर्थ मन्त्रालयले बनाएको अध्यक्ष सिफारिस समितिले सूचना प्रकाशित गर्दै आवेदकहरू मध्ये संक्षिप्त सूचीमा समावेश भएका तीन जनाको अन्तरवार्ता आज हुने जानकारी गराएको थियो ।

    अर्थ मन्त्रालयले बोर्डको अध्यक्षका लागि कृष्ण बहादुर कार्की, चिरञ्जीवी चापागाईँ र डा. नवराज अधिकारीको नाम अन्तिम सूचीमा राखेको छ ।

    आज हुने भनिएको अन्तर्वार्ता समितिका अध्यक्ष एवं राष्ट्रिय योजना आयोगका अध्यक्ष डा. शिवराज अधिकारी अस्वस्थ भएका कारण रोकिएको बताइएको छ ।

    बोर्डको अध्यक्ष पद २०८० पुस २० देखि खाली रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार