Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अरुण तेस्रो आयोजनाको निर्माण स्थगित


    बिहिबार, चैत्र १३ २०७६
    880
    Shares
  • २ मिनेट पाठ
  • खाँदबारी, १३ चैत । कोरोना भाइरस संक्रमणको त्रासले देशका ठूला आयोजनाहरुको निर्माण रोकिन थालेको छ । यसैक्रममा संखुवासभामा निर्मााणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाको काम स्थगित भएको छ ।

    विश्वभर फैलिएको कोरोना भाइरस संक्रमण नेपालमा समेत देखापरेपछि सरकारले मंगलबारबाट लकडाउन गरेको हो । लकडाउन गरेपछि अरुण तेस्रोको काम स्थगित गरेको जनाएको छ । भारतीय निर्माण कम्पनी सतजलले जलविद्युत् निर्माणको काम मंगलबारबाट स्थगित गरेको कम्पनीका सिइओ अरुण धिमानले जानकारी दिए । अरुण तेस्रो परियोजनामा दुई हजार ५०० भन्दा बढी भारतीय र नेपाली कामदार छन् । सतलज कम्पनीले निर्माण मकालु गाउँपालिकामा ड्यामसाइड र चिचिला गाउँपालिकामा विद्युत्गृहको काम गरिरहेको छ । अरुण तेस्रोको काम अहिले ३५ प्रतिशत सम्पन्न गरिसकेको जनाएको छ ।

    नौ सय मेगावाटको अरुण तेस्रो आयोजनाको ड्यामसाइड फ्याक्सिदामा भारतीय निर्माण कम्पनी जय प्रकाश एशोसिएट्स र पावरहाउस रहेको दिदिङमा पटेल इञ्जीनियरिङ कम्पनीले निर्माणकार्यको जिम्मा पाएका छन् ।
    पाँच वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको अरुण तेस्रो परियोजना ९०० मेगावट विद्युत् उत्पादन हुने र आयोजना निर्माणका लागि एक खर्ब २० अर्ब खर्च लाग्ने अनुमान गरिएको छ ।

    प्रभावित परिवारलाई आयोजनाले ३० युनिटका दरले निःशुल्क विद्युत् उपलब्ध गराउने सम्झौता भएको छ । यस आयोजनाबाट नेपालले २५ वर्षमा ३४० अर्ब रोयल्टी, निःशुल्क बिजुली, आयकर, भ्याट र भन्सार शुल्क छुटबाट लाभ प्राप्त गर्ने विकास सम्झौता पिडीएमा उल्लेख गरिएको छ । रासस

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार