काठमाडौं । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाका पूर्वअध्यक्ष रामबल्लभ साहसहित २३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा परेको छ । वडा नम्बर ४ को धन्छवारस्थित पश्चिम कटनिया नयाँ नदीमा अलपत्र छाडिएको पुल निर्माणको कामको भुक्तानी गरेको आरोपमा उनीहरुविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
मुद्दा दायर हुने अन्यमा गाउँपालिकाकी तत्कालिन उपाध्यक्ष आशादेवी यादव, तत्कालिन प्रमुख प्रशासकीय अधिकृत रवीन्द्रकुमार महत, तत्कालिन लेखापाल इन्द्रकुमार कर्ण, वडा नं ४ का तत्कालिन वडाध्यक्ष विद्यानन्द साह सुडी, वडासचिव रामनारायण मण्डल रहेका छन् ।
त्यस्तै प्रमुख प्रशासकीय अधिकृत धनिकलाल यादव र सुजितकुमार यादव, तत्कालिन लेखापाल नरेश कामैत, इन्जिनियर अमन पोखरेल, वडा नं ३ का तत्कालिन वडाध्यक्ष हनुमान मण्डल र उपभोक्ता समितिका पदाधिकारीहरुविरुद्ध पनि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
पुल निर्माणका सम्बन्धमा जनप्रतिनिधि र उपभोक्ता समितिका पदाधिकारीहरूको मिलेमतोमा भुक्तानी नै गर्न नमिल्ने रकम भुक्तानी गरेर भ्रष्टाचार भएको पाइएको अख्तियारले बताएको छ ।
जसमा राम बल्लभ साहविरुद्ध ३१ लाख ७४ हजार ४६७ रुपैयाँ मागदाबी गरिएको छ । मिलेमतोमा नियम विपरीत प्रतिवादीहरूले २६,४६,०२७ र ५,२८,४४० भुक्तानी गरेको अख्तियारको दाबी छ ।
काठमाडौं । पर्सामा ठूलो परिणामको गाँजा बरामद भएको छ । छिपरमाई गाउँपालिका-१ मिर्जापुरस्थित आँप बगैंचाबाट शनिबार राति १४० किलो गाँजा सशस्त्र र प्रहरीको संयुक्त...
काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसूरमा थुनामा रहेका सुलभ अग्रवालसँग कारोबार देखिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)बिहीबार पक्राउ गरेकी मृदुला सरियालाई बिरामी नै नभए पनि...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend