Nepal Face
  • आइतबार, १० साउन २०८३
  • वडाध्यक्षविरुद्ध अख्तियारले दायर गर्‍यो मुद्दा


    शुक्रबार, माघ २६ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जना वडाध्यक्षविरुद्ध मुद्दा दायर गरेको छ। आयोगले काभ्रेको बनेपा नगरपालिका-९ का वडाध्यक्ष नृपेश बादेविरुद्ध मुद्दा दायर गरेको हो।

    वडाध्यक्ष बादेले घर बाटो सिफारिस गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरेको थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट १५ लाख रुपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

    यही माघ ०३ गते नियन्त्रणमा लिइएका उनीविरुद्ध आज विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको हो। बादेसँग १५ लाख रुपैयाँ नै बराबरको बिगो माग गरिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार