Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • बालेन शाहविरुद्ध परेको रिटको सुनुवाइ आज


    मंगलबार, बैशाख ५ २०८०
    2.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन शाहविरुद्धको रिटमा आज सुनुवाइ हुँदैछ । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवार र राष्ट्रपति कार्यालय शीतल निवासको फोहोर नउठाएको भन्दै महानगरका मेयर शाहविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज सुनुवाइ हुन लागेको हो ।

    अधिवक्ता पदम श्रेष्ठले महानगरले कानुनविपरीत फोहोर संकलन नगरेको उल्लेख गर्दै तत्काल फोहोर संकलन गरी ल्यान्डफिल्ड साइडमा लैजान, नियमित फोहोर संकलन र बिसर्जन गर्नु पर्नेलगायतका मागसहित सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सोही रिटमा आज सुनवाई हुन लागेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार