काठमाडौं । काठमाडौं महानगरपालिकाका कार्यकारी वसन्त अधिकारीले तयारै नभएको भवनमा हतारमा कार्यालय सार्न दबाब दिइरहेका छन् । उनले सबै विभाग, महाशाखा, शाखा, इकाई र आयोजना प्रमुखलाई प्रशासन विभागमार्फत दिनहुँजसो दबाब दिन थालेपछि कर्मचारीहरू भने तनावमा परेका छन् ।
केही सञ्चारमाध्यममा समाचार प्रकाशन गर्न लगाएर वैशाख १ गतेदेखि महत्वपूर्ण काम काठमाडौं प्लाजाबाट हुने भन्दै हल्ला पिटाएको कामपा प्रशासनले हिजो सोमबारसम्म पनि सर्ने कुनै तयारी गरेको छैन ।
सोमबार अपराह्न नयाँ भवनबाट सेवा दिन थालेको विषयमा समाचार संकलन गर्न काठमाडौं प्लाजा पुग्दा त्यहाँको अवस्था हेरिनसक्नु थियो । त्यहाँ सर्ने विभाग, महाशाखा र शाखाको नाम फोटोकपी कागजमा छापेर भित्तामा टाँसिएको थियो तर कर्मचारी एक जना पनि थिएनन् । जताततै कोठा भत्काइएको थियो । सबै तलामा रहेको शौचालय पूरै दुर्गन्धित थियो । लिफ्ट अघिल्तिर फोहोर थुप्रिएको थियो । लिफ्ट कहिले बन्छ भन्ने विषयमा त्यहाँ रहेका कसैलाई पनि जानकारी थिएन ।
तर, कामपाका प्रमुख कार्यकारी अधिकृत अधिकारीले भने तत्काल कार्यालय सार्न निर्देशन दिएको जानकारी दिँदै कामपाका एक उच्च कर्मचारीले भने– ‘हामीलाई दैनिकजसो दबाब आउँछ । तत्काल जेजस्तो अवस्थामा छ, त्यही अवस्थामा स्थानान्तरण हुनु भन्ने उर्दी जारी भएको छ ।’
महानगरले अन्डरग्राउन्डदेखि सातौं तलामा कुन कुन विभाग, महाशाखा र शाखा कहाँकहाँ राख्ने भने तालिका बनाएर भुँइतलामा टाँसेको छ । कामपा प्रशासन विभागका निर्देशक दीपक अधिकारीले जस्तो अवस्था भए पनि सार्ने तयारी गरिरहेको जानकारी दिए । उनले भने, ‘कार्यालयका सबै समग्री लगेर मिलाएर बस्न सबैलाई निर्देशन दिएका छांं । एकदुई दिनभित्रै सार्न सबैलाई आग्रह गरेका छौं, हामी पनि सर्दैछौं । सफ्टवेयर, इन्टरनेट र नेटवर्किङ जडान गर्ने विषयमा उहाँको भनाइ थियो– ‘सरेपछि सबै समाधान हुनेछ ।’
तर एक विभागीय प्रमुखका अनुुसार नेटवर्किङ र इन्टरनेट जडान नभएसम्म सर्ने सम्भावना नै रहँदैन । कामपाले नक्सा, राजस्व र व्यक्तिगत घटना दर्तालगायत विभाग र शाखालाई प्रविधियुक्त बनाइसकेको छ । ती निकायलाई हाल प्रयोग भइरहेको सफ्टवेयर तयारी नभइकन सार्नसक्ने अवस्था छैन ।
घरबाटै नक्सा पास गर्ने प्रणाली शुरूवात गरेको कामपाले त्यसलाई प्रयोगमा ल्याउन उक्त सफ्टवेयरलाई अनिवार्य रूपमा नेटवर्किङ गर्नेपर्छ । तर ती सफ्वेयर तयारी गर्ने अवस्था नभइकन कार्यालय सार्न थालेपछि झन् समस्या बढ्ने कर्मचारीको गुनासो छ । कामपाले नक्सा, राजस्व संकलन र ११ वटा विभागसँग जोडिनेगरी खरिद इकाईको नयाँ सफ्टवेयर प्रयोग गरिरहेको छ । यो समाचार नेपाल नेपाल समाचारपत्र दैनिकमा छ ।
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
एजेन्सी । भारतको मध्य प्रदेशमा नक्कली मदिरा सेवनबाट पछिल्ला केही दिनमा करिब १५ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति सरकारी अस्पतालमा...
काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण हालसम्म १ हजार ३५७ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भदौ...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend