काठमाडौं । काठमाडौं महानगरपालिकाका कार्यकारी वसन्त अधिकारीले तयारै नभएको भवनमा हतारमा कार्यालय सार्न दबाब दिइरहेका छन् । उनले सबै विभाग, महाशाखा, शाखा, इकाई र आयोजना प्रमुखलाई प्रशासन विभागमार्फत दिनहुँजसो दबाब दिन थालेपछि कर्मचारीहरू भने तनावमा परेका छन् ।
केही सञ्चारमाध्यममा समाचार प्रकाशन गर्न लगाएर वैशाख १ गतेदेखि महत्वपूर्ण काम काठमाडौं प्लाजाबाट हुने भन्दै हल्ला पिटाएको कामपा प्रशासनले हिजो सोमबारसम्म पनि सर्ने कुनै तयारी गरेको छैन ।
सोमबार अपराह्न नयाँ भवनबाट सेवा दिन थालेको विषयमा समाचार संकलन गर्न काठमाडौं प्लाजा पुग्दा त्यहाँको अवस्था हेरिनसक्नु थियो । त्यहाँ सर्ने विभाग, महाशाखा र शाखाको नाम फोटोकपी कागजमा छापेर भित्तामा टाँसिएको थियो तर कर्मचारी एक जना पनि थिएनन् । जताततै कोठा भत्काइएको थियो । सबै तलामा रहेको शौचालय पूरै दुर्गन्धित थियो । लिफ्ट अघिल्तिर फोहोर थुप्रिएको थियो । लिफ्ट कहिले बन्छ भन्ने विषयमा त्यहाँ रहेका कसैलाई पनि जानकारी थिएन ।
तर, कामपाका प्रमुख कार्यकारी अधिकृत अधिकारीले भने तत्काल कार्यालय सार्न निर्देशन दिएको जानकारी दिँदै कामपाका एक उच्च कर्मचारीले भने– ‘हामीलाई दैनिकजसो दबाब आउँछ । तत्काल जेजस्तो अवस्थामा छ, त्यही अवस्थामा स्थानान्तरण हुनु भन्ने उर्दी जारी भएको छ ।’
महानगरले अन्डरग्राउन्डदेखि सातौं तलामा कुन कुन विभाग, महाशाखा र शाखा कहाँकहाँ राख्ने भने तालिका बनाएर भुँइतलामा टाँसेको छ । कामपा प्रशासन विभागका निर्देशक दीपक अधिकारीले जस्तो अवस्था भए पनि सार्ने तयारी गरिरहेको जानकारी दिए । उनले भने, ‘कार्यालयका सबै समग्री लगेर मिलाएर बस्न सबैलाई निर्देशन दिएका छांं । एकदुई दिनभित्रै सार्न सबैलाई आग्रह गरेका छौं, हामी पनि सर्दैछौं । सफ्टवेयर, इन्टरनेट र नेटवर्किङ जडान गर्ने विषयमा उहाँको भनाइ थियो– ‘सरेपछि सबै समाधान हुनेछ ।’
तर एक विभागीय प्रमुखका अनुुसार नेटवर्किङ र इन्टरनेट जडान नभएसम्म सर्ने सम्भावना नै रहँदैन । कामपाले नक्सा, राजस्व र व्यक्तिगत घटना दर्तालगायत विभाग र शाखालाई प्रविधियुक्त बनाइसकेको छ । ती निकायलाई हाल प्रयोग भइरहेको सफ्टवेयर तयारी नभइकन सार्नसक्ने अवस्था छैन ।
घरबाटै नक्सा पास गर्ने प्रणाली शुरूवात गरेको कामपाले त्यसलाई प्रयोगमा ल्याउन उक्त सफ्टवेयरलाई अनिवार्य रूपमा नेटवर्किङ गर्नेपर्छ । तर ती सफ्वेयर तयारी गर्ने अवस्था नभइकन कार्यालय सार्न थालेपछि झन् समस्या बढ्ने कर्मचारीको गुनासो छ । कामपाले नक्सा, राजस्व संकलन र ११ वटा विभागसँग जोडिनेगरी खरिद इकाईको नयाँ सफ्टवेयर प्रयोग गरिरहेको छ । यो समाचार नेपाल नेपाल समाचारपत्र दैनिकमा छ ।
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
काठमाडौँ। मोइन अलीको अर्धशतक र राहुल यादवको घातक बलिङमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग ९एनपीएल० मा पहिलो जित हासिल गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले पदाधिकारी र...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले अस्पतालको सरसफाइ, शय्या उपलब्धता, बिरामीको प्रतीक्षा समय न्यूनीकरण र स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै...
काठमाडौँ। सार्वजनिक लेखा समितिअन्तर्गतको निर्वाचन प्रहरीको पोशाक खरिदसम्बन्धी अध्ययन उपसमितिले आगामी दुई साता कागजात अध्ययन गर्ने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend