Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आन्तरिक उडानका लागि तीन वटा जहाज खरिद गर्दै नेपाल एयरलाइन्स


    सोमबार, बैशाख ४ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल एयरलाइन्सले तीन वटा जहाज खरिद गर्ने भएको छ । आन्तरिक उडानमा प्रयोग गर्ने उद्देश्यसहित एयरलाइन्सले तीन वटा नयाँ जहाज खरिद गर्ने भएको हो ।

    सो प्रयोजनका लागि निगम सञ्चालक समितिले वरिष्ठ क्याप्टेन सुधिर शमसेर राईको संयोजकत्वमा उपसमिति गठन गरेको छ । उपसमितिले आफ्नो प्रतिवेदन पेश गरिसकेको निगमका उपनिर्देशक रमेश पौडेलले बताए।

    पौडेलकाअनुसार दुर्गम भेगमा उडान गर्ने गरी तीन वटा नयाँ जहाज खरीद गर्ने गरी उपसमितिले सिफारिस गरेको छ । निगमले यथासक्य छिटो जहाजहरु निगमको आफ्नै आन्तरिक स्रोतबाट नियमानुसार पारदर्शी रुपले निर्माता कम्पनीसँग खरिद गर्न लागेको जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार