काठमाडौं, १२ चैत । आज पहिचान भएका कोरोना भाइरस (कोभिड १९ ) संक्रमित व्यक्ति चैत ६ गते कतारबाट नेपाल आएको पाइएको छ ।
बुधबार भर्चुजल प्रेससिट गर्दै संक्रमित व्यक्ति धादिङका ३२ वर्षका पुरुष भएको स्वास्थ्यमन्त्री भानुभक्त ढकालले जानकारी दिएका छन् ।
उनकाअनुसार काठमाडौं आएपछि उनी होटलमा बसेका थिए र स्वास्थ्य असहज भएपछि मंगलबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुगेका थिए ।
त्यहाँ संकलन गरिएको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो । उनको रिपोर्ट पोजेटिभ आको हो ।