Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पदभार ग्रहणलगत्तै परराष्ट्रमन्त्रीले भने – प्रधानमन्त्रीको भारत भ्रमणको तयारी सुरु गर्छौं


    आइतबार, बैशाख ३ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । परराष्ट्रमन्त्री पदभार ग्रहण गरेलगत्तै एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको तयारी थाल्ने बताएका छन् ।

    आइतबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिएर सिंहदरवारस्थित मन्त्रालयलमा आएर नवनियुक्त परराष्ट्रमन्त्री साउदले पदभार ग्रहण गरे ।

    यसपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले अब प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको तयारी थाल्ने बताएका छन् । यसका लागि कर्मचारीसँग छलफल थाल्ने उनको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार