Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सार्क राष्ट्रका अर्थमन्त्रीदेखि मुद्राकोष र विश्वबैंकका अधिकारीबीच भिडियो कन्फरेन्स


    बुधबार, चैत्र १२ २०७६
    1.6K
    Shares
  • ४ मिनेट पाठ
  • काठमाडौं, १२ चैत । दक्षिण एशियाली राष्ट्रहरुका अर्थमन्त्री तथा अन्य उच्चपदस्थ पदाधिकारी एवं अन्तर्राष्ट्रिय  मुद्राकोष  र विश्व बैंक लगायत अन्य अन्तर्राष्ट्रिय वित्तीय संस्थाका उच्च पदस्थ पदाधिकारीबीच कोरोना भाइरसले अर्थतन्त्रमा पारेको प्रभाव सम्बन्धी छलफल भएको छ । 

    \"\"

    अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा आज सम्पन्न  भिडियो कन्फेरेन्समा दक्षिण एशियाली राष्ट्रहरुका अर्थमन्त्री तथा अन्य उच्चपदस्थ पदाधिकारी एवं अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंक लगायत अन्य अन्तर्राष्ट्रिय  वित्तीय संस्थाका उच्चपदस्थ पदाधिकारीको उपस्थिति रहेको थियो । विश्वभर फैलिएको कोरोना भाइरसले अर्थतन्त्रमा पारेको एवं पार्नसक्ने प्रभावलाई सम्बोधन गर्ने उपायबारे आज भिडियो कन्फरेन्स मार्फत् छलफल सम्पन्न भएको थियो । 

     छलफलमा अर्थमन्त्री डा.खतिवडाले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसले नेपालमा परेको असर र नेपाल सरकारले सो को रोकथाम र नियन्त्रणका लागि हालसम्म गरेको प्रयासबारे जानकारी गराउनुभयो । 
     उहाँले पर्यटन, निर्माण र रोजगारीको क्षेत्रमा यसले तत्काल असर पारेको तथा अर्थतन्त्रमा दीर्घकालमा नकारात्मक असर पार्नसक्ने धारणा राख्दै महामारीको रुपमा फैलिएको यस रोगले सबै वर्ग र तप्कालाई कुनै न कुनै रुपमा प्रभाव पारेको यथार्थसँगै स्वास्थ्य सेवा, सामाजिक सुरक्षा र अर्थतन्त्रलाई टेवा पुग्नेगरी सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरिएको कुरा बताउनुभयो । 

    उहाँले राज्यको क्षमता सीमित हुँदा क्षति पुगेका वास्तविक वर्ग र क्षेत्रलाई तत्काल र ठूलो सहयोग उपलब्ध गराउने विषय चुनौतीपूर्ण रहेको बताउनुभयो ।  कोरोना प्रभावबाट भएको क्षति परिपूरण गर्न नेपाल जस्ता कम क्षमता र श्रोत भएका मुलुकहरुका लागि अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुले विशेष सहयोग गर्नुपर्ने तथा क्षेत्रीय सहयोगका सम्भावित सबै संयन्त्र उपयोग गर्नुपर्ने बताउनुभयो । 

     उहाँले दक्षिण एशियाली मुलुकहरुको साझा संगठन सार्कलाई पुनर्जीवन दिंदै विद्यमान संस्थागत संरचनाको पूर्ण उपयोग गर्ने, एकापसका व्यापार आपूर्ति प्रणालीलाई निरन्तरता दिने र आवश्यक परे स्वास्थ्य सेवामा थप सहकार्य गर्न सबै राष्ट्रले एक अर्कालाई सहयोग, साथ र आड भरोसा दिनुपर्ने धारणा राख्नुभयो ।

     आज भएको भिडियो कन्फरेन्समा सहभागीहरुले कोरोना भाइरसको रोकथामका लागि स्वास्थ्य क्षेत्रमा आवश्यक उपकरण तथा सुरक्षाका सामग्रीहरुको व्यवस्था, स्वास्थ्य सेवा प्रणालीको विकास, साना तथा मझौला उद्यमहरु र रोजगारीमा परेको प्रभाव, मौद्रिक तथा वित्त नीतिबीच गर्न सकिने समन्वय र तादाम्यता तथा अन्तर्रा्ष्ट्रिय वित्तीय संस्थाहरुले गर्नसक्ने सहयोग बारे  बताएका थिए । 

    छलफलमा अन्तर्राष्ट्रिय मुद्रा कोषका डाइरेक्टर निर्देशक च्याञ्योङ्ग रि, विश्व बैंकका सह अध्यक्ष हाटविग सध्फर, अन्तर्राष्ट्रिय वित्त निगमका उपाध्यक्ष नेना स्टोजोभिक, बहुपक्षीय लगानी प्रत्याभूत संस्था  माइगा का  उपाध्यक्ष तथा चिफ अपरेटिङ अफिसर एस. विजय आईयरका अतिरिक्त दक्षिण एशियाका राष्ट्रहरुका कार्यकारी निर्देशकहरु,  एशियाली विकास बैंक, एशियाली पूर्वाधार लगानी बैंक जस्ता अन्तर्राष्ट्रिय वित्तीय संस्थाका पदाधिकारीको समेत सहभागिता थियो ।

    छलफलमा अर्थ सचिव, राजस्व सचिव, नेपाल राष्ट्र बैंकका कायम मुकायम गभर्नर, अन्तर्रा्ष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सह सचिव तथा नेपाल स्थित विश्व बैकका कन्ट्री  म्यानेजरको समेत उपस्थिति थियो । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार