Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • शङ्कास्पद व्यक्तिमाथि निगरानी बढाउन मुख्यमन्त्री राउतको अनुरोध


    बुधबार, चैत्र १२ २०७६
    680
    Shares
  • २ मिनेट पाठ
  • जनकपुरधाम, १२ चैत । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना सङ्क्रमणका शङ्कास्पद व्यक्तिमाथि विशेष निगरानी राख्न सम्बन्धित पक्षलाई आग्रह गर्नुभएको छ ।

    बुधबार एक सन्देश जारी गर्दै मुख्यमन्त्री राउतले दुई साता यता अन्यत्रबाट आएका सङ्क्रमण शङ्कास्पद व्यक्तिको पहिचान गरी आइसोलेसनमा राख्न तथा यस सम्बन्धमा कुनै पनि सहयोग वा सहायताको आवश्यकता परे सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारी वा प्रदेशस्तरीय एकीकृत सूचना केन्द्रमा सम्पर्क गर्न स्थानीय तहका प्रमुखलाई आग्रह गर्नुभएको छ ।

    उहाँले विश्वव्यापी रुपमा फैलिएको महामारी नियन्त्रण सरकारको प्रयासले मात्र सम्भव नहुने भएकाले निजी क्षेत्र, गैरसरकारी संस्था तथा सम्पूर्ण जनसमुदायलाई आ–आफ्नो तहबाट योगदान गर्दै राष्ट्रव्यापी लकडाउनलाई सफल पार्न अपिलसमेत गर्नुभएको छ ।

    मुख्यमन्त्री राउतले यस सङ्कटको घडीमा दैनिक उपभोग्य सामानको कृत्रिम अभाव सिर्जना गर्नेमाथि कडा कारवाही गर्दै दैनिक उपभोग्य सामान सहज र सुपथ मूल्यमा सर्वसाधारणलाई उपलब्ध गराउने व्यवस्था मिलाउन सम्बद्ध निकायलाई निर्देशनसमेत दिनुभएको छ । खुला सीमाका सबै नाकामा विशेष निगरानी र सुरक्षा व्यवस्था मिलाउनाका साथै जनताको जीउधनको सुरक्षाको प्रभावकारी व्यवस्था मिलाउन सुरक्षा निकायलाई उहाँले निर्देशनसमेत दिनुभएको छ । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार