कम्रेड महेश !
हामीलाई थाहा छ तपाई आफू धरापमा पर्दा हाम्रै सहायताले उद्गार खोज्ने र सन्तुलनमा आएपछि अन्धाले झैं चारैतिर बराबर देख्ने र आफू उत्कर्षमा पुगेपछि युवासंघको कमिटीलाई पंगु बनाउँदाको परिणाम १०–११ बर्षसम्म किन महाधिवेशन गराउन सक्नुभएन ? आज इतिहास साक्षी छ । आज आफ्नो अभिष्ट पूरा नहुने भएपछि आफ्नै कार्यकर्ताप्रति कटाक्ष गर्ने तेजोबध गर्ने र भावनात्मक (Emotional blackmail) कुरा गरेर कार्यकर्ताहरुको गुमेको समर्थन बटुल्ने प्रतिस्पर्धामा उत्रिनु आज तपाईंको दिनचर्या बनेको छ ।
काँक्रा चोरेर आफू खाने बियाँ टाँस्ने अरुकोमा ? यस्तो कृत्य न न्यायसंगत छ न त तर्कसंगत नै । अझै पनि हामी युवाहरु छाला जोगाउने कमजोरीले ग्रस्त र आत्मसुरक्षाको भावनाले थलिएका छैनौं ‘ हामी जबज रक्षक बटालियनका इमानदार सिपाही हौं । नेपालगन्जमा सचेत युवाहरुको महाधिवेशन मार्फत् प्रकट भएको युवा लहरले तपाईंलाई अत्यासलाग्दो भएको हो कम्रेड !! के अब पनि हिजोको जस्तो दर्ता चलानीको युग ठान्नु भएको छ । त्यसो भए तपाई भ्रममा हुनुहुन्छ ।
माफ गर्नु होला कम्रेड ! तपार्ईंको दासत्वो स्वीकारिंदैन । हामी हाम्रा सचेत र इमान्दार प्रतिनिधिहरुको बिश्वास र पूर्ण भरोसामा छौं ।
युवासंघलाई विचारको बाघ बनाउने कि अराजकताको कुहिरोमा हराएको काग ? अब बल आम युवासंघका प्रतिनिधिहरुको काँधमा आइपुगेको छ । संगठनलाई महाधिवेशनको यो बिन्दुमा पुर्याउन पनि युवासंघका धेरै होनहार युवा नेताहरूले आफ्नो राजनीतिक जीवनलाई कत्लेआम गराएका छन् ।
यो खुल्लापत्र युवासंघका एक महाधिवेशन प्रतिनिधिले लेखेका हुन् । उनकै आग्रहमा नाम गोप्य राखिएको छ ।
सुयोग शर्मा भदौ १० गते रसुवामा बाढी आयो । स्वास्थ्यका सबै निकाय परिचालन भए तर एकीकृत र प्रभावकारी हुन सकेनन् । कतै स्वास्थ्य सामग्रीको अभाव...
शसांक रेग्मी बाढीपहिरो पीडितको उद्धार र राहतका लागि नेपाल प्रहरीले आफ्ना कर्मचारीको तलबबाट करिब ४० करोड रुपैयाँ काटेर गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग...
माधव पौडेल काठमाडौं । बाढी आएको आज ७ दिन भइसक्दा पनि बिदुरबाट माथि जान नसकेको सरकारका प्रधानमन्त्री दिनैपिच्छे फेसबुकमा स्टाटस पोष्ट गर्ने र मोनिटाइज्ड पेजबाट...
निशान्त शर्मा वर्तमान सरकारको सबैभन्दा राम्रो काम गर्ने मन्त्री हुनुहुन्छ तपाईं । बधाइ शुभकामना । बाहिर तपाईंहरुले गरेका कामले वाहीवाही पाएर भाइरल हुनुभएको छ तर...
सम्राट उपाध्याय सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहलाई यी काम नलाग्ने सल्लाह चाहिएको छैन, उनी सल्लाह सुन्ने र लिने खालका पनि होइनन् । तर पद सम्हालेको शुरुको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend