Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेसले अब सरकारको नेतृत्व गर्न सक्छ : देउवा


    मंगलबार, चैत्र २८ २०७९
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले सरकारको नेतृत्व गर्ने सम्भावना रहेको बताएका छन् । काठमाडौंमा आयोजित पार्टी निकट नेपाल शिक्षक संघको नवौं संघीय महाधिवेशनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

    सभापति देउवाले संविधानअनुसार अहिले सरकार बनाउन कुनै दलको बहुमत नआएको समेत उल्लेख गरेका छन् ।

    उनले भने, ‘आज हाम्रो पार्टी सरकारमा छ। भोलि सरकारको नेतृत्व गर्न सक्ने सम्भावना पनि छ। धेरै वर्ष सरकारको नेतृत्व गरेको पनि हो, तर अझै यो पार्टी एकदमै अहिलेको संविधानअनुसार कुनै पनि पार्टीले बहुमत प्राप्त गर्न सकेको छैन ।’

    हाल संयुक्त सरकार भएकाले कतिपय काम गर्न समस्या भएको उनको भनाइ छ । अहिलेको संविधान अनुसार गठबन्धन अति आवश्यक रहेको पनि उनले बताए । गठबन्धन नभई सरकार बन्न नसक्ने भन्दै देउवाले गठबन्धनका कारण आफ्नो पार्टीलाई फाइदा भएको दाबी गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार