काठमाडौं । विराटनगरस्थित सिङ्घिया नदीमा नयाँ प्रजातिको माछा फेला परेको छ । अनुसन्धानकर्ताले नेपालमै पहिलो पटक यस्तो प्रजातिको माछा भेटिएको दाबी गरेका छन् ।
झापा र मोरङका पाँच नदीमा गरिएको खोज अनुसन्धानका क्रममा विराटनगरको पूर्वी सिमाना भएर बग्ने सिङ्घियाको तल्लो तटीय क्षेत्रमा नयाँ माछा एम्ब्लिसेप्स वाइखोमी’ फेला परेको हो । अनुसन्धानकर्ताहरूले २०७८ मङ्सिरदेखि २०७९ असोजसम्म कोशी प्रदेशका दुई जिल्लामा बग्ने पाँच नदीमा अनुसन्धान गरेका हुन् ।
विराटनगरका अनुसन्धानकर्ताहरू जसहाङ लिम्बू, दीपक राजवंशी, भरतराज सुब्बा, अस्मित सुब्बा तथा विदेशीहरू जिनक्वान याङ र चेनहोङ लीको समूहले सिङ्घियाको तल्लो भाग जहदा पुुल र बुधनगर गरी दुईवटा अध्ययन बिन्दुमा नयाँ प्रजातिको माछा फेला परेको दाबी गरेको छ । यो माछा नेपालका लागि नयाँ रेकर्ड भन्दै अमेरिकाबाट प्रकाशित इन्टरनेसनल जर्नल अफ जुलोजीको २०२३ अप्रिलको अङ्कमा प्रकाशित छ ।
अनुसन्धानकर्ताहरूका अनुसार एम्ब्लिसेप्स वाइखोमी प्रजातिको माछा दक्षिण एसियातिर विरलै पाइन्छ । अनुसन्धानमा संलग्न त्रिभुवन विश्वविद्यालयको जुलोजी विषयका पूर्वसहप्राध्यापक डा. भरतराज सुब्बाका अनुसार सन् २०१६ मा भारतमा पनि ब्रह्मपुत्र नदीको सहायक नदीअन्तर्गत अरुणाचल प्रदेशमा पहिलो पटक यो प्रजातिको माछा फेला परेको रेकर्ड गरिएको थियो । यो समाचार गोरखापत्र दैनिकमा छ ।
काठमाडौँ। सप्तकोशी नदीमा यात्रु बोकेको मोटरबोट पल्टिँदा पाँच वर्षीया बालिकासहित तीन जनाको मृत्यु भएको छ। आइतबार दिउँसो दुई बजेतिर भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८३–८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत निर्यात...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend