Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • थप एकजनामा कोरोना पुष्टि


    बुधबार, चैत्र १२ २०७६
    550
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ, १२ चैत।  नेपालमा कोरोना भाइरस ९कोभिड(१९० को संख्या तीन पुगेको छ । नयाँ संक्रमित भेटिएका छन् ।  टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले पठाएको एक जना विरामीको नमुनामा कोभिड १९ को  पोजिटिभ देखिएको छ । उक्त नमुनासँगै नेपालमा कोरोना संक्रमितको संख्या तीन पुगेको हो । 

    नेपालमा अहिलेसम्म ६८७ जनाको नमुना परीक्षण गरिएको छ, जसमध्ये ६८४ को रिपोर्ट नेगेटिभ आएको छ ।

    सुरुमा चीनबाट आएका एक विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो । उनी उपचारपछि निको भइसकेका छन् ।

    ४ चैतमा फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा पनि संक्रमण देखियो । आइतबार स्वास्थ्य मन्त्रालयले त्यसको जानकारी दिएको थियो । त्यसलगतै सरकारले लकडाउनको घोषणा गरेको थियो ।

    तर बुधबार तेस्रो संक्रमित भेटिएका छन् । प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले एक व्यक्तिको रिपोर्टमा पोजेटिभ आएको पुष्टि गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार