Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लकडाउन दोस्रो दिन : तीन सय सवारीसाधन प्रहरीको नियन्त्रणमा


    बुधबार, चैत्र १२ २०७६
    770
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ, १२ चैत । कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको आज दोस्रो दिन हो । दोस्रो दिन लकडाउन आदेश उल्लंघन गर्ने तीन सयभन्दा बढी सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
    महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट गाडी नियन्त्रणमा लिएको हो । अटेर गरी सवारीसाधन सञ्चालन गरेका साधनलाई नियन्त्रणमा लिएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिएका छन् ।
    घरबाट अनावश्यक रूपमा निस्केका सर्वसाधारणलाई सम्झाई बुझाई घरतर्फ फर्काइएको उनले जनाए । अत्यावश्यक सेवा र अनुमतिपत्र लिएका सवारीसाधन मात्रै चलाउन पाउने नियम कडाइका साथ पालना गर्न लगाइएको श्रेष्ठले बताए ।
    मंगलबार मुलुकका विभिन्न ठाउँबाट एक हजारभन्दा बढी सवारीसाधन नियन्त्रणमा लिइएको थियो । सरकारले कोरोना भाइरस फैलिन नदिन मंगलबारदेखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि ‘लकडाउन’ गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार