Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची


    आइतबार, चैत्र १९ २०७९
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । संघीय संसद अन्तर्गतको प्रतिनिधिसभाको बैठक बस्ने भएको छ । बैठक आज दिउँसो १ बजे बस्न लागेको हो ।

    बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।

    संसद सचिवालयका अनुसार आजको बैठकमा प्रतिनिधिसभा नियमावली माथि दफाबार छलफल गर्ने र पारित गर्ने कार्यसुची रहेको छ । जसअनुसार प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

    उक्त मस्यौदा प्रतिवेदनमाथि प्राप्त संशोधनहरूलाई क्रमशः निर्णयार्थ प्रस्तुत गरिने र प्रतिवेदन पारित गरियोस् भनी प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाकारी दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार