Nepal Face
  • आइतबार, १० साउन २०८३
  • क्रिकेट प्रशिक्षक मोन्टीको मासिक पारिश्रमिक अब १२ हजार डलर


    बिहिबार, चैत्र ९ २०७९
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईको पारिश्रमिक बढेको छ । उनको तलब दुई हजार डलरले बढेको हो। नेपाल क्रिकेट संघ (क्यान) ले मुख्य प्रशिक्षक देसाईको पारिश्रमिक वृद्धि गर्दै १२ हजार अमेरिकी डलर पुर्‍याइएको हो ।

    अब उनले मासिक नेपाली १५ लाख ८४ हजारको हाराहारीमा तलब बुझ्ने छन् । क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले सम्झौताअनुसार पारिश्रमिक बढाइएको बताए ।

    उनले भने, ‘सम्झौतापत्रमै पारिश्रमिक वृद्धि गर्ने भनिएको थियो । उनले नेपाललाई एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता दिलाउँदै विश्वकप छनोटमा पुर्‍याएमा तलब वृद्धि गर्ने सम्झौता थियो । त्यहीअनुसार तलब बढेको हो ।’

    मुख्य प्रशिक्षक देसाईको प्रशिक्षणमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टुको शीर्ष तीनमा पर्दै विश्वकप छनोटमा सिधै स्थान बनाएको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार