Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • तीन डीआईजी एआईजीमा बढुवा


    मंगलबार, चैत्र ११ २०७६
    840
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं, ११ चैत । सिफारिस गरेको २६ औं दिनमा सरकारले नेपाल प्रहरीका तीन डीआईजीलाई एआइजीमा बढुवा गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले डीआइजीत्रय तारिणीप्रसाद लम्साल, शैलेश थापा क्षेत्री र हरिबहादुर पाललाई एआइजीमा बढुवा गरेको हो । 

    गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा रहेको बढुवा समितिले १५ फागुनमै लम्साल, क्षेत्री र पाललाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पताल भर्ना भएपछि मन्त्रिपरिषद बैठक बस्न नसकेकाले सिफारिस भएपनि बढुवा हुन सकेको थिएन ।

    बढुवा भएका एआइजीत्रयको पदस्थापन समेत भएको छ । लम्साललाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, थापालाई मानव स्रोत तथा प्रशासन र पाललाई कार्य तथा अपराध अनुसन्धान विभागमा जिम्मेवारी दिइएको छ । बुधबार प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीले उनीहरुलाई फुली लगाउने कार्यक्रम छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार