Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्री कप त्रिदेशीय फुटबलमा नेपालको जित


    बुधबार, चैत्र ८ २०७९
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगितामा नेपालले जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपालले लाओसलाई २-० ले हराउँदै विजयी सुरुवात गरेको हो ।

    नेपालका लागि अनन्त तामाङ र नवयुग श्रेष्ठले एकरएक गोल गरे । खेलको पहिलो हाफमा नवीन लामाको कर्नरमा हेडमार्फत अनन्तले खेलको ३० औं मिनेटमा गोल गरेका हुन् भने खेलको ५६ औं मिनेटमा नवयुगले गोल गरे ।

    आजको जितसँगै नेपालको फाइनल पुग्ने सम्भावना बलियो भएको छ । सिंगल राउन्ड रोबिन पद्दतीमा हुने प्रतियोगिताको शिर्ष दुई टिमले फाइनलमा खेल्ने छन् । विजेता टिमले पाँच हजार अमेरिकी डलर प्राप्त गर्नेछ । भने, उपविजेताले तीन हजार डलर पाउने छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार