Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • २७ जना सीमावर्ती क्षेत्रमा अलपत्र


    मंगलबार, चैत्र ११ २०७६
    710
    Shares
  • २ मिनेट पाठ
  • विराटनगर, ११ चैत । भारतबाट नेपाल फर्किएका २७ जना नेपाली अलपत्र परेका छन् । विराटनगरको सीमावर्ती क्षेत्र रानीमा भारतबाट फर्किएका उनीहरु  अलपत्र परेका हुन् ।

    रोकिएका मध्ये १९ जना गुजरातबाट नेपाल आएका हुन् । मंगलबार बिहान झिसमिसेमै नाकामा आएका उनीहरु खाना नपाएर अलपत्र अवस्थामा छन् । तीन दिन यात्रा गर्दै नेपाल आएका उनीहरुले घर आउन पाउनुपर्ने बताए ।

    नाकामै रोकिएकाहरुलाई विराटनगर महानगरपालिकाबाट स्वास्थ्य जाँचमा खटिएका स्वास्थ्यकर्मीले चिउरा र भुजिया दिएका छन् । भोकै बसेका उनीहरु नेपाल आउने आशामा छन् ।

    नाकामा बिरामी लिएर आएकाहरु पनि रोकिएका छन् । मोरङ उर्लाबारीकी होमा राई बुबालाई दिल्लीमा उपचार गरी फर्किएकी हुन् । तर उनी पनि नाकामै राकिएकी छन् । ‘तीन दिनबाटोमा थियौं केही जानकारी भएन्,’ उनले भनिन्, ‘राज्यले यसरी अलपत्र छोड्न मिल्दैन् ।’

    उनी मात्र होइन मंगलबार बिहान झिसमिसेमै रानी आइपुगेका अन्य २५ जना नेपाल प्रवेश गर्ने गेटमा बसिरहेका छन् । उनीहरुलाई भारतीय पक्षले छोडेको छ । नेपाल पक्षले रोकेका कारण दशगजामा बसिरहेका छन् ।

    इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दिपक थापाका अनुसार बिहानबाट २७ जना नाकामा राकिएका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार