Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बागमती प्रदेश सरकारको घोषणा: नेपाली क्रिकेट टिमलाई एक लाख दिने


    शुक्रबार, चैत्र ३ २०७९
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • हेटौँडा। बागमती प्रदेश सरकारले विश्वकप क्रिकेट छनोट भएको नेपाली राष्ट्रिय क्रिकेट टिमलाई जनही एक लाख रुपियाँ दिने भएको छ।

    प्रदेश सरकारले क्रिकेट खेलमार्फत् देशको गौरव बढाउन योगदान पुर्‍याएको भन्दै विश्वकप छनोटमा पुगेका खेलाडीलाई एक लाख रुपियाँसहित सम्मान गर्ने निर्णय गरेको हो।

    प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले प्रदेश सरकारले प्रोत्साहन स्वरुप खेलाडीलाई जनही एक लाख रुपियाँ प्रदान गर्न लागेको जानकारी दिए।

    यसअघि संघीय सरकारले राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई सम्मानसहित जनही तीन लाख दिने घोषणा गरेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार