Nepal Face
  • बिहिबार, २५ भाद्र २०८३
  • निर्वाचन आचारसंहिताको कारण देखाउँदै रास्वपाले स्थगित गर्‍यो बैठक


    शुक्रबार, चैत्र ३ २०७९
    2.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारी र संसदीय दलको संयुक्त बैठक स्थगित भएको छ । उपराष्ट्रपतिको निर्वाचनमा कुन उम्मेदवारलाई समर्थन गर्नेबारे निर्णय गर्न रास्वपाले आज बिहान साढे ११ बजे बैठक बोलाएको थियो ।

    निर्वाचन आचारसंहिताका कारण बैठक स्थगित गरिएको रास्वपा प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।

    आज १० बजेदेखि ३ बजेसम्म उपराष्ट्रपति चयनका लागि मतदान हुँदैछ । जसपाका रामसहायप्रसाद यादव, एमालेकी अष्टलक्ष्मी शाक्य र  जनमतकी ममता झा  उपराष्ट्रपतिको प्रतिस्पर्धामा छन् । जसपाबाट उम्मेदवारी दिएकी  प्रमीला कुमारी यादवले रामसहायप्रसाद यादवलाई समर्थन गर्ने निर्णय गरेकी छन् ।

    यसअघि राष्ट्रपति निर्वाचनमा रास्वपाले सत्ता गठबन्धनका उम्मेदवारलाई मत दिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार