काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग–२ को अन्तिम खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध नेपालका युवा ब्याटर भीम सार्कीले अर्धशतक प्रहार गरेका छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईले प्रस्तुत गरेको ३११ रनको लक्ष्य पछ्याइरहेको नेपालबाट भीमले ६० बलमा अर्धशतक पूरा गरे । उनले ५० रन बनाउने क्रममा ६ चौका प्रहार गरे । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भीमको यो दोस्रो अर्धशतक हो ।
भीमअघि नेपालबाट ओपनर कुशल भुर्तेलले पनि अर्धशतक प्रहार गरेका थिए । कुशल र भीमले चौथो विकेटका लागि ६१ रनको साझेदारी गरेका थिए । कुशल ५० रन बनाएर आउट भए ।
नेपालले २६.१ ओभरको खेल सकिँदा चार विकेट गुमाएर १४९ रन बनाएको छ ।
नेपालले ओपनर आसिफ शेखलाई व्यक्तिगत स्कोर शून्यमा, कुशल मल्ललाई पाँच रनमा, कप्तान रोहितकुमार पौडेललाई १६ रनमा गुमाएको थियो ।
त्यसअघि, टस जितेर ब्याटिङमा उत्रिएको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन जोडेको छ।
काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गतको अन्तिम क्वाटरफाइनल खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको छ। कान्सास सिटी स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३-१...
काठमाडौँ। प्रतिनिधि सभा सदस्य रमेश मल्लले नेपाल फुटबल संघ ९एन्फा० माथि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले लगाएको निलम्बन सरकारको अदूरदर्शिता र खेलकुद संस्थामा गरिएको...
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)पदाधिकारीलाई विदेश यात्रामा अवरोध नगर्न उच्च अदालत पाटनले आदेश जारी गरेको छ। अदालतका न्यायाधीशद्वय गणेशप्रसाद बराल र तेजेन्द्रप्रसाद शर्मा...
काठमाडौँ। अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई अनिश्चितकालका लागि निलम्बन गरेको छ। फिफा काउन्सिल ब्युरोले बुधबार फिफा विधानको धारा १६...
काठमाडौं । अष्ट्रियाले फिफा विश्वकप-२०२६ मा विजयी सुरुवात गरेको छ । अमेरिका क्यार्लिफोर्नियास्थित सान फ्रान्सिस्को वे एरिया रङ्गशालामा बुधवार भएको आफ्नो पहिलो खेलमा अष्ट्रियाले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend