Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यूएईविरुद्धको खेलमा कुशल भुर्तेलको अर्धशतक


    बिहिबार, चैत्र २ २०७९
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। आईसीसी विश्वकप क्रिकेट लिग–२ को अन्तिम खेलमा यूएईले दिएको ३११ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका छन् ।

    उनले ३२ बलमा ३ चौका र ४ छक्काको मद्दतमा ५० रन जोडेका हुन् । नेपालले १६ ओभरको समाप्तिमा ३ विकेट गुमाएर ९८ रनन जोडेको छ । रोहित पौडेलले १६ र कुशल मल्लले ५ रन जोडेर आउट हुँदा आशिफ शेख शून्य रनमै बाहिरिए । भीम सार्की र कुशल भुर्तेलले ब्याटिङमा छन् ।

    यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको यूएईले पूरा ५० ओभर खेल्दै ६ विकेट गुमाएर ३१० रन बनाएको थियो ।
    यूएईका लागि सर्वाधिक खानले १०१, भृत्य अरविन्दले ९४ रन जोडेका थिए ।

    नेपालका सन्दीप लामिछाने, ललित राजवंशी र सोमपाल कमीले १–१ विकेट लिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार