काठमाडौँ। आईसीसी क्रिकेट लिग- २ श्रृंखलाको अन्तिम खेलमा जवाफी ब्याटिङमा मैदानमा उत्रिएको नेपालले खराब सुरुआत गरेको छ। उक्त खेलमा पाहुना टोली यूएईले दिएको ३ सय ११ रनको लक्ष्य पछ्याउनेक्रममा नेपालले सस्तैमा दुई विकेट समेत गुमाएको छ । नेपालले पहिलो विकेटको रूपमा आसिफ शेखलाई शून्यमै गुमायो ।
दोस्रो विकेटको रूपमा कुशल मल्ल ५ रनमा आउट भए । आसिफलाई आयान अफजल खान र जुनैद सिद्दिकीले आउट गरेका हुन् ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ रोजेको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय १० रन बनायो । उसका लागि आसिफ खानले कीर्तिमानी शतक बनाए । उनले ४२ बलमा ११ छक्का र चार चौकासहित अविजित १०१ रन बनाए ।
आसिफले ४१ बलमै शतक बनाए । योसँगै आसिफ ओडिआईमा सर्वाधिक कम बलमा शतक बनाउने एसोसिएट ब्याटर बने । त्यस्तै, वृत्य अरविन्दले १३८ बलमा ८ चौका र २ छक्कासहित ९४ रनको पारी खेले ।
कप्तान मोहम्मद वसिमले ४९ बलमा ६ छक्का र दुई चौकासहित ६३ रन बनाए । रोहन मुस्तफा २०, सिपी रिजवान सात, आर्यन लाक्रा ६ र आयान अफजल खानले तीन रनमा आउट भए । आजको खेलमा नेपाली बलर महँगा साबित भए ।
यसैक्रममा टोलीका स्टार स्पिनर सन्दीप लामिछानेले १० ओभरमा एक विकेट लिएर ८० रन दिए । त्यस्तै, सोमपाल कामीले ९ ओभरमाा एक मेडनसहित ७१ रन दिएर एक विकेट मात्र लिन सके । गुलशन झाले ८ ओभरमा बिनाविकेट ६३ रन खर्चिए ।
दीपेन्द्र सिंह ऐरी र ललित राजवंशीले भने किफायती बलिङ गरे । ऐरीले ८ ओाभरमा २ मेडनसहित १९ रन दिएर महत्वपूर्ण २ विकेट लिए र ललितले १० ओभरमा २७ रन मात्र खर्चिएर महत्वपूर्ण एक विकेट लिए । कुशल मल्लले भने ४ ओभरमा बिनाविकेट ३८ रन खर्चिए ।
काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गतको अन्तिम क्वाटरफाइनल खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको छ। कान्सास सिटी स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३-१...
काठमाडौँ। प्रतिनिधि सभा सदस्य रमेश मल्लले नेपाल फुटबल संघ ९एन्फा० माथि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले लगाएको निलम्बन सरकारको अदूरदर्शिता र खेलकुद संस्थामा गरिएको...
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)पदाधिकारीलाई विदेश यात्रामा अवरोध नगर्न उच्च अदालत पाटनले आदेश जारी गरेको छ। अदालतका न्यायाधीशद्वय गणेशप्रसाद बराल र तेजेन्द्रप्रसाद शर्मा...
काठमाडौँ। अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई अनिश्चितकालका लागि निलम्बन गरेको छ। फिफा काउन्सिल ब्युरोले बुधबार फिफा विधानको धारा १६...
काठमाडौं । अष्ट्रियाले फिफा विश्वकप-२०२६ मा विजयी सुरुवात गरेको छ । अमेरिका क्यार्लिफोर्नियास्थित सान फ्रान्सिस्को वे एरिया रङ्गशालामा बुधवार भएको आफ्नो पहिलो खेलमा अष्ट्रियाले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend