Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दिपेन्द्रले लिए दोस्रो विकेट,नेपाललाई पाँचौ सफलता


    बिहिबार, चैत्र २ २०७९
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा नेपाल र युएईबीच भिडन्त भइरहेको छ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरिरहेको युएईले पाँचौ विकेट गुमाएको छ।

    उक्त आफ्नो निर्णायक खेलमा नेपालका दीपेन्द्र एरिले पाँचौ सफलता दिलाएका हुन् ।

    युएईले ३८ औं ओभरको तेस्रो बलमा आफ्नो विकेट गुमाएको हो ।

    युएईका रोहन मुस्तफालाई दीपेन्द्रले २० रनमा एलबीडब्लू आउट गराएका हुन् ।

    साथै घरेलु टोली नेपालले आज युएईलाई पराजित गर्न सके जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा सोझै खेल्न पाउछ। यदि पराजित भएमा यसै महिना अन्तिममा नामिबियामा हुने क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन्छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार